नेपाल गोरखा परिवार दक्षिण कोरियाको तेह्रौं अधिवेशन अगष्ट १७ मा हुने

0
156

 दक्षिण कोरिया — “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई अनुशरण गर्दै, गौरवमय क्षेत्रीय संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो तेह्रौं अधिवेशन आउँदो २०२५ अगष्ट १७, आइतबार सुवनस्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा आयोजना गर्ने भएको छ।

संस्थाका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, बाह्रौं कार्यसमितिको सफल कार्यकाल पूरा भइसकेकाले आधिकारिक र विधिवत रूपमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने आवश्यकताअनुसार यो अधिवेशन आयोजना गर्न लागिएको हो।

सन् २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरिया गोरखा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका अवसरको खोजीमा कोरियामा रहेका गोरखालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा परोपकारी क्रियाकलापमा सक्रिय रहँदै आएको संस्था हो। संस्थाका सचिव अशोक खड्काका अनुसार, अधिवेशन दिनको ठिक १२:०० बजे सुरु हुनेछ र तयारीका सम्पूर्ण काम तीव्र गतिमा भइरहेको छ।

उक्त अधिवेशनलाई सभ्य र भव्य रूपमा सफल पार्नका लागि आयोजक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्ना सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक र सम्पूर्ण सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

मिति २०२५ अगष्ट १७, आइतबार समय दिउँसो १२:०० बजे स्थान: भेटघाट रेष्टुरेण्टको सभाहल, सुवन
(경기도 수원시 팔달구 덕영대로 923-10, 비젼보에버 1층

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्