दक्षिण कोरियामा हरितालिका तीज विशेष सांस्कृतिक एवं दर खाने कार्यक्रम हुँदै

0
162

दक्षिण कोरिया — नेपाली मौलिक संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको अध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरियाले यस वर्ष पनि भव्य रूपमा हरितालिका तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा हुने यस कार्यक्रममा दिप प्रज्वलन, शान्ति पाठ, तीज एवम् ऋषि पंचमी व्रतकथाको महिमा श्रवण लगायतका विशेष प्रस्तुति रहने छन्।

कार्यक्रम आगामी २०२५ अगस्ट २४ आइतबार, बिहान ११ बजेबाट सुरु हुनेछ। स्थान Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 तय गरिएको छ।

आयोजक संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई संस्कृतिको संरक्षणमा हातेमालो गर्न हार्दिक निमन्त्रणा गरेको छ।

सम्पर्कका लागि श्याम अर्याल 010-4563-9331 शान्ता अर्याल 010-2183-1043 मनोज भुसाल 010-5691-9602    

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्