सियोलस्थित नेपाली राजदूतावासले आगामी अगस्ट 15, 2025 (साउन 30, 2082) मा कोरियाको National Liberation Day of Republic of Korea (स्वाधीनता दिवस)को अवसरमा दूतावास बन्द रहने जनाएको छ। यस दिनका लागि सम्बन्धित सेवाग्राहीलाई जानकारी गराइएको छ।
दूतावासका अनुसार, सोही दिन शुक्रबार दिउँसो ३ बजे खोलिने e-Passport Online Pre-enrollment Form सेवा आगामी शुक्रबार सार्वजनिक बिदा परेकाले स्थगित हुनेछ। उक्त सेवा एक दिन पछाडि सारिँदै अगस्ट 16, 2025 मा दिउँसो ३ बजे पुनः सञ्चालन गरिनेछ।
यसैगरी, सेवाग्राहीहरूले दूतावासको आधिकारिक Facebook Page (Embassy of Nepal, Seoul) बाट मात्र सूचना हेर्न र अन्य अनधिकृत पेजहरूलाई Follow नगर्न आग्रह गरिएको छ।






