दक्षिण कोरियाको फेन्थेकस्थित सभाहलमा सम्पन्न सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशनबाट श्री दुर्गा प्रसाद ढकाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनु भएको छ। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै आगामी कार्यकालका लागि नेतृत्व टुंगो लगाएको हो।
कार्यक्रममा उपस्थित समाजका सदस्यहरूको सहमतिमा पूर्ण बहादुर बुढालाई वरिष्ठ उपाध्यक्ष चयन गरिएको छ। गणेश बुढा र चन्द्र बहादुर खडका उपाध्यक्षमा चयन भएका छन्।
यसैगरी, ललित सारु मगर महासचिव र अमित कुमार रोकाय तथा नवराज ढकाल सचिवमा चयन भएका छन्। प्रकाश कोइराला कोषाध्यक्ष र कमल पंगेनी सह-कोषाध्यक्षमा चयन हुनु भएको छ।
नकेन्द्र वलि युवा संयोजकका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् भने महिला संयोजकको जिम्मेवारीमा पनि प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा रहेको जनाइएको छ।
सदस्यतर्फ खगेन्द्र चुहान मगर चयन हुनु भएको छ। अन्य सदस्यहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने समाजले जनाएको छ।
समाजले नव-निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।






