स्याङ्जा कप भलिबल प्रतियोगिता आजु युनिभर्सिटीमा — ३६ टिमको ऐतिहासिक सहभागिता, बिहान ७ बजे उपस्थित नभए वाकओभर

0
155

“स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल नाराका साथ स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा कोरियामा नेपाली भलिबल इतिहासमै पहिलोपटक ३६ टिमको सहभागितामा भव्य स्याङ्जा कप भलिबल प्रतियोगिता आजु युनिभर्सिटी (Ajou University) मा आयोजना हुँदैछ।

प्रतियोगिता बिहान ७:०० बजेदेखि नै सुरु हुने भएकाले, सम्पूर्ण सहभागी टिमहरूलाई निर्धारित समयभन्दा पहिले नै उपस्थित हुन आयोजकद्वारा विशेष अनुरोध गरिएको छ। निर्धारित समयमा नपुगेका टिमहरूलाई वाकओभर (walkover) दिइने स्पष्ट जानकारी दिइएको छ।

यो प्रतियोगिता केवल खेल प्रतिस्पर्धा मात्र नभई कोरियामा रहेका नेपाली समुदायबीचको एकता, सहकार्य र अनुशासनको प्रतीकको रूपमा हेरिएको छ। सहभागी सबै टिमहरू, स्वयंसेवक, संघसंस्थाहरू र खेलप्रेमीहरूलाई कार्यक्रमलाई सफल बनाउन संयम, सहकार्य र समयपालनको विशेष आग्रह गरिएको छ।

नेपाली भलिबल इतिहासमै पहिलोपटक ३६ टिम सहभागी भएको यो स्याङ्जा कपले कोरियास्थित नेपालीहरूबीचको एकता र खेल–साँस्कृतिक चेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।The 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्