दक्षिण कोरियामा SUNCHEON CUP 2025 आयोजना हुने, पहिलो पुरस्कार २० लाख वोन

0
155

हिमालयन टाइगर्सको आयोजनामा “ SUNCHEON CUP 2025” नामक भव्य क्रिकेट प्रतियोगिता आगामी २०२५ अगस्ट ३ तारिखका दिन 전남 광양시 광양읍 목성리 1018 मा हुने भएको छ। यस प्रतियोगितामा नेपाली खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई २० लाख कोरियन वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि “म्यान अफ द म्याच” र “म्यान अफ द टूर्नामेन्ट” को ट्रफी पनि प्रदान गरिनेछ।

 

आयोजक टिमका कप्तान विवेक पराजुलीका अनुसार प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ र प्रत्येक खेल १० ओभरको हुनेछ। एलबीडब्लु र पावरप्ले नियम लागू नहुने जनाइएको छ भने हार्ड टेनिस बलको प्रयोग गरिनेछ। प्रतियोगिता केवल नेपाली नागरिक खेलाडीहरूका लागि खुला हुनेछ। खेलाडीहरूले टिम जर्सी अनिवार्य रूपमा लगाउनुपर्नेछ भने मैदानभित्र धूम्रपान तथा मादक पदार्थ सेवन पूर्ण रूपमा निषेध गरिएको छ।

 

प्रवेश शुल्क ५५५,००० कोरियन वोन तोकिएको छ र टिम दर्ताको अन्तिम मिति अगस्ट १, २०२५ रहेको छ। दर्ता तथा थप जानकारीका लागि केशब बिष्ट (010-6513-9669), विवेक पराजुली (010-5729-9186), तथा धर्मराज पाण्डे (010-6461-1123) सँग सम्पर्क गर्न सकिनेछ।

 

सुनचोन कप 2025 को आयोजना नेपाल र नेपालीहरूप्रतिको गौरव मात्र नभई प्रवासमा पनि खेलकुद र सांस्कृतिक गतिविधिका माध्यमबाट एकताको सन्देश दिने प्रयास हो। आयोजक टोलीले कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्