बोम्जन गुरुङ कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाको यही जूलाई २७ मा “दोश्रो ऐतिहासिक अधिवेशन-२०२५” सम्पन्न भएको छ । किम्हेको न्यू लिटिल इन्डिया रेष्टुरेण्ट [경상남도 김해시 서상동 27-31] को सभाहलमा सम्पन्न सो अधिवेशनबाट सर्वसम्मत पुन: विष्णु पाण्डेय अध्यक्ष रहने गरि १२ सदस्यीय तेश्रो कार्यसमिति चयन भएको हो ।
विधिवत् रुपमा गठन गरेको तेश्रो कार्यसमिति अध्यक्षमा विष्णु पाण्डेय, वरिष्ठ उपाध्यक्ष सरिता बरुवाल, उपाध्यक्षहरुमा रोजा गुरुङ र शान रायमाझी, सचिव स्मृति अधिकारी, सहसचिव एलिजा क्षेत्री चयन भएका छन् भने कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सहकोषाध्यक्ष शोभा दुलाल र सदस्यहरुमा राधा गुरूङ, ममिता तिम्सिना, रिनि राई र पणिका गुरुङ रहने गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् ।
कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दिदीबहिनीहरुलाई समेट्दै “Together We Can” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २०१८ मा कोरियामा स्थापित स्थापना भएको सिस्टर हुड कोरियाले वर्षेनी रुपमा प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्यले हरितालिका तीज विशेष कार्यक्रम आयोजना र विभिन्न परोपकारी र सामाजिक कार्यमा संस्था अग्रसर भइरहेको संस्था हो ।
सिस्टरहुड कोरियाको “दोश्रो ऐतिहासिक अधिवेशन-२०२५” लाई सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






