एनआरएनए दक्षिण कोरिया निर्वाचन 2025-2027: अध्यक्षमा मात्रै मतदान, अन्य सबै पदमा उम्मेदवार निर्विरोध

0
196

 दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको 2025-2027 कार्यकालका लागि हुने निर्वाचनमा उल्लेखनीय मोड आएको छ।

वर्तमान अध्यक्ष बुद्धि गुरुङ, वरिष्ठ उपाध्यक्ष सुनिल कन्दङ्वा र महासचिव दीपक केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेसँगै, अन्य सबै पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित हुने पक्का भएको छ।

अब निर्वाचनमा अध्यक्ष पदका लागि मात्र मतदान हुने भएको छ, जसमा पार्वती मोक्तान र हरि भट्टराईबीच प्रतिष्पर्धा हुनेछ।

एनआरएनए कोरियाको इतिहासमा यो दोस्रो पटक महिला उम्मेदवारले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न लागेकी हुन्, जसले निर्वाचनलाई थप विशेष बनाएको छ।

निर्वाचन आगामी जुलाई 26 र 27 तारिखमा सम्पन्न हुने तय भएको छ। कोरियामा बसोबास गर्ने नेपाली समुदायको नजर अब अध्यक्षीय प्रतिस्पर्धामा केन्द्रित भएको छ, जहाँ आगामी नेतृत्व कस्को हातमा जानेछ भन्ने चासो बढ्दो छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्