एनआरएनए दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन जुलाई २६ र २७ मा हुने

0
71

 गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन २०२५ आगामी जुलाई २६ र २७ तारिखमा सोलमा हुने भएको छ।

दुईदिने कार्यक्रमअन्तर्गत पहिलो दिन उद्घाटन तथा बन्द सत्र हुनेछ भने दोस्रो दिन निर्वाचन प्रक्रिया सम्पन्न गरिने आयोजकले जनाएका छन्। उद्घाटन तथा बन्द सत्र डोङ्देमुन क्षेत्रस्थित 천호대로 145, 2층 मा आयोजना हुनेछ। निकटतम मेट्रो स्टेशन Yongdu Station (LINE 2, Exit 3) रहेको छ।

निर्वाचन भने जुंगरो–MG빌딩, 5th Floor मा सञ्चालन हुने जानकारी दिइएको छ, जसको नजिकैको मेट्रो स्टेशन Dongdaemun Station (LINE 1, Exit 1) रहेको छ। निर्वाचन प्रक्रिया बिहान १०:३० बजेबाट सुरु भई साँझ ५ बजेसम्म अनलाइन माध्यमबाट हुनेछ।

“नेपालीको लागि नेपाली” भन्ने नारासहित आयोजित महाधिवेशनमा सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक स्वागत गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्