सिनबुक युनाइटेड एफसीको आयोजनामा ‘समर कप फुटबल प्रतियोगिता २०२५’ हुँदै

0
170

दक्षिण कोरिया — नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै सिनबुक युनाइटेड एफसीले आगामी अगस्ट ३ तारिख, २०२५ मा ‘समर कप नकआउट फुटबल प्रतियोगिता २०२५’ आयोजना गर्न लागेको छ। “परदेशमा भाइचारा, खेलकुदको सहारा” भन्ने नारासहित आयोजना हुने प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ। खेल स्थल पोछनको 신북선운로 16번길 207-1 मा हुनेछ।

प्रतियोगितामा २० टिम मात्र सहभागी हुन पाउनेछन्। प्रतियोगिताको टिम दर्ता अन्तिम मिति जुलाई २८, २०२५ तोकिएको छ। सहभागी टिमहरूबाट ३ लाख वन प्रवेश शुल्क लिने आयोजकले जनाएका छन्।

प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरले जनही ५० हजार वनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सम्पर्कका लागि शक्ति लामा, सुवास छोङ्बाङ, रविन तामाङ र खिलराज राईसँग सम्पर्क गर्न सकिनेछ ।

खेलकुदमार्फत प्रवासमा एकता, स्वास्थ्य र सहकार्यको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्