१२ देशका प्रस्तुति रहने GME बहुसांस्कृतिक संगीत कार्यक्रम जुलाई २७ मा

0
104

कोरियामा रहेका विभिन्न देशका सांस्कृतिक प्रस्तुतिहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले GME बहुसांस्कृतिक संगीत कार्यक्रम यही जुलाई २७ तारिख, आईतवार, दिउँसो १ देखि ५ बजेसम्म आयोजना हुने भएको छ। कार्यक्रम Ansan शहरस्थित 다문화거리공원 (Multicultural Street Park) मा हुने जनाइएको छ।

कार्यक्रममा १२ देशका सांस्कृतिक प्रस्तुति, संगीत, नृत्य, तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुनेछन्। यस अवसरमा सहभागीहरूका लागि पुरस्कार जित्ने अवसर पनि रहेको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायको तर्फबाट ‘सनातन साहित्य सृजित साधना समूह’ को विशेष भजन र नृत्य प्रस्तुति रहने छ। नेपाली समुदायलाई सहभागिता जनाउन र सांस्कृतिक योगदान दिन आह्वान गरिएको छ।

उक्त कार्यक्रममा सहभागी भई सांस्कृतिक मजा लिनुका साथै टिभी, साइकल, इलेक्ट्रिक स्कुटर, किचन एप्लायन्स, मोबाइल जस्ता पुरस्कार जित्न सकिनेछ। सम्पर्क: 010-6584-6864 / 1555-6174

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्