सुर्खेत समाज, दक्षिण कोरियाले आफ्नो दशौं अधिवेशन आयोजना गर्दै

0
146

सुर्खेत समाज, दक्षिण कोरियाले यही २०२५ अगस्ट ३ तारिख आइतबार को दिन भव्य रूपमा आफ्नो दशौं अधिवेशन आयोजना गर्ने भएको छ।
“सबैलाई माया र सम्मान, प्रवासी भूमिमा सुर्खेत भएको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको यो समाजले प्रवासमा सुर्खेतको पहिचान जोगाउँदै सामाजिक, सांस्कृतिक र सहकार्यमा आधारित गतिविधिहरू गर्दै आइरहेको छ।

दशौं अधिवेशन ग्येङ्गी दो प्योंन्तेक शहरमा अवस्थित सुर्खेत समाजको सभा हलमा बिहान १० बजेबाट सुरु हुनेछ। संस्थाका अध्यक्ष पुष्कर बुढाथोकी र महासचिव रुपक के.सी.का अनुसार यो अधिवेशन समाजको दस वर्षे योगदानको समिक्षा, भावी योजना र नयाँ नेतृत्व निर्माणमा केन्द्रित हुनेछ।

सुर्खेत समाजले कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई संस्थाको मार्गचित्र तय गर्न सुझाव र साथ दिन हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रममा समाजका गतिविधिहरूको प्रतिवेदन, छलफल, पारस्परिक सहकार्यलाई मजबुत बनाउने उद्देश्यले विशेष छलफलहरू समेत गरिने जनाइएको छ।

सुर्खेत समाज, दक्षिण कोरियाले विगतदेखि नै सामाजिक उत्तरदायित्व, आपतकालीन सहयोग, सांस्कृतिक एकता र नेपाली समुदायबीचको ऐक्यबद्धता बलियो बनाउन निरन्तर सक्रियता देखाउँदै आएको छ। आगामी अधिवेशनले समाजलाई अझ संगठित, समावेशी र सबल बनाउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्