कोरियामा “आदिवासी जर्नल एवं स्मारिका – २०७५” को विमोचन कार्यक्रम हुने

0
104

दक्षिण कोरिया- कोरियामा रहेका नेपाली समुदायबीच मौलिक भाषा, संस्कृति, परम्परा र इतिहासको संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण कदमस्वरूप “आदिवासी जर्नल एवं स्मारिका – २०२५ सार्वजनिक गरिने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको आयोजनामा उक्त स्मारिका तथा जर्नलको भव्य विमोचन कार्यक्रम आउँदो २७ जुलाई २०२५ (आइतबार), मध्यान्ह १२ बजे, नेपाल थाई रेष्टुरेन्टको सभा हल, डोङदेमुन मा सम्पन्न हुने छ।

महासंघका अध्यक्ष बिशन राई र महासचिव दयाराम रानामगरका अनुसार यो स्मारिकामा कोरियामा क्रियाशील जातीय संघसंस्थाहरूको स्थापना, विकासक्रम, योगदान तथा गतिविधिहरूको दस्तावेजीकरण गरिएको छ। साथै, नेपालका आदिवासी जनजातिहरूको सन्दर्भमा विविध खोजमूलक र अनुसन्धानात्मक लेख रचनाहरू समेत समावेश गरिएको छ।

उहाँहरूका अनुसार, “यो प्रकाशन कोरियामा रहेका नेपाली समुदायको साझा आवाज र पहिचानको दस्तावेज बन्ने विश्वास लिएका छौँ।”

“स्थानीय कला, संस्कृति र मौलिक परम्पराहरूको संरक्षण एवं प्रवर्द्धन गर्दै पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने मूल नाराका साथ आयोजना गरिँदै गरेको उक्त कार्यक्रमलाई भव्य बनाउन महासंघले कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विद्यार्थी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्