स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै

0
132

बोम्जन गुरुङ
१४ जूलाई २०२५, कोरिया कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए ।

स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको एक उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, सेटर र उत्कृष्ट ब्लकरलाई ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक मिलन आलेले बताए ।

स्थापनाकाल देखि परोपकारी कार्यमा आफ्नो दरिलो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको परिवारका सचिव टोजिन्द्र गुरुङले स्पष्ट पारे ।

प्रतियोगितामा सहभागी हुनका लागि जुलाई २७ तारिकसम्म Rana Jhaman Sing को Keb Hana bank मा रहेको खाता नम्बर 26191068477807 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वोन बुझाउनुपर्ने आयोजकले जनाएको छ ।गण्डकी प्रदेश अन्तर्गतका अन्य १० जिल्लाहरु मात्र नभई अन्य कोरियास्थित अन्य संघसंस्थाहरुसँग उत्तिकै सहयोग र भरपूर समन्वय गर्दै आइरहेको स्याङ्जा परिवारद्धारा आयोजित उक्त “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्