न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा तगेन राइ

0
135

दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन ‌किम्हेमा सम्पन्न भएको छ भने अधिवेशनबाट तगेन राइको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। 
‌“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन किम्हे‌ स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा भएको चौथो अधिवेशन वाट तगेन राई अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। न्यू भिजन ग्रुप दक्षिण कोरियाका अध्यक्ष जीवन शर्मा को सभापतित्वमा आयोजित कार्यक्रमको सन्चालन रमेश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ( NRNA ) दक्षिण कोरिया का अध्यक्ष बुद्धि गुरुङ उपस्थित रहेका थिए । किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न चौथो अधिवेशन वाट चौथो कार्यसमितिमा तगेन राई को अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा प्रकाश गिरी उपाध्यक्षमा मोहन अधिकारी /मनकुमार कन्दङ्वा, महासचिवमा जीवन तामाङ ,सचिवमा बिनय भट्ट ,कोषाध्यक्षमा शङ्कर पौडेल सहकोषाध्यक्षमा शिव आचार्य , र सदस्यहरुमा ,शुशिल अर्याल बिशाल कुवर, सुदिप दाहाल दिलिप थापा ,राजन शर्मा ,समीर चौलागाईं चयन गरिएको छ।साथै रित्त रहेको महिला उपाध्यक्ष, र सदस्यहरु विधान अनुसार कार्यसमितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभएको छ। साथै उक्त कार्यक्रम मा सस्था लाई सहयोग पुराउनेहुने साथै सामाजिक कार्ये मा अग्रसर विभिन्न ब्याक्तित्व हरुलाई सम्मान गरिएको थियो।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाइएको ग्रुपले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपाल‌‌ लगायत कोरियामा विभिन्न सङ्घसंस्थाहरूसँग ‌सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्