दक्षिण कोरिया, सुवन — लुम्बिनी प्रदेश अन्तर्गतको रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले दिनेश पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ।
मिति २०२५-०७-१३ तारिखका दिन दक्षिण कोरियाको सुवन शहरस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनमा सम्पर्क समितिका संरक्षक, अगुवा तथा समाजसेवीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा निम्नानुसार नयाँ कार्यसमिति चयन गरेको छ नवनिर्वाचित कार्यसमिति संरक्षक विज्ञान अर्याल, मदन गौतम अध्यक्ष दिनेश पराजुली वरिष्ठ उपाध्यक्ष संजय गुरुङ उपाध्यक्ष ज्ञान सागर भण्डारी, नवीन खरेल, केहर थापा महिला उपाध्यक्ष इच्छ भण्डारी महासचिव संघर्ष लम्साल सचिव (रिक्त) कोषाध्यक्ष नवीन अर्याल सह–कोषाध्यक्ष पृथ्वी अधिकारी
युवा तथा खेलकुद संयोजक कृष्ण प्रसाद न्यौपाने विद्यार्थी संयोजक सुदन ज्ञवाली सदस्यहरू दीपक गैरे, नारायण गिरी, अम्मर दर्लामी, लाल प्रसाद अधिकारी, बिष्णु भट्टराई, सिद्धार्थ सेन्चुरी, चन्दा पोख्रेल, हुम बहादुर थापा क्षेत्री
कार्यक्रममा नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो। साथै, सम्पर्क समितिले आगामी दिनमा समुदाय हितमा सामाजिक, सांस्कृतिक र परोपकारी कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।साथै, अधिवेशनले हाल रिक्त रहेको सचिव पदलाई समिति बैठकबाट पूर्णता दिने जानकारी गराइएको छ।रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले विगतदेखि नै दक्षिण कोरियामा रहेका नेपालीबीच आपसी एकता, सहयोग र नेपाली संस्कृति संरक्षणमा सक्रिय भूमिका खेल्दै आइरहेको छ।






