नवौं बाग्लुङ कप–२०२५ को उपाधि आयोजक बाग्लुङ समाजकै पोल्टामा

0
81

दक्षिण कोरिया, जुलाई १३  बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न नवौं बाग्लुङ कप–२०२५ को उपाधि आयोजक बाग्लुङ समाजकै पोल्टामा परेको छ। २६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा बाग्लुङ समाजले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलमा मोना म्याग्दिलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

फाइनल खेलमा बाग्लुङ समाजले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ को सोझो सेटमा जित निकाल्दै उपाधि उचालेको हो। यससँगै मोना म्याग्दि उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

सेमिफाइनल चरणमा भोजपुर समाज र परोपकार समाज हार्दै प्रतियोगिताबाट बाहिरिएका थिए।बिजेता बाग्लुङ समाजले नगद २५ लाख कोरियन वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।उपविजेता मोना म्याग्दिले नगद १५ लाख कोरियन वन, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। सेमिफाइनल पुगेका परोपकार समाज र भोजपुर समाजले समान ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गरे।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (MVP) बाग्लुङ समाजका अशोक के.सी. नगद १ लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र।उत्कृष्ट डिफेन्डर (लिव्रो) बाग्लुङ समाजका प्रकाश मल्ल उत्कृष्ट स्पाइकर मोना म्याग्दिका अर्जुन भण्डारी उत्कृष्ट लिफ्टर मोना म्याग्दिका बिनेश क्षेत्री उत्कृष्ट ब्लकर  बाग्लुङ समाजका सुर्यजंग क्षेत्री उत्कृष्ट सर्भर बाग्लुङ समाजका रिजन राना उक्त सबै विधागत विजेताहरूले नगद ५ लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन, भव्य उपस्थिति र खेलाडीहरूको अनुशासित खेलले कार्यक्रमलाई भव्य बनाएको थियो। बाग्लुङ समाज दक्षिण कोरियालाई सफल आयोजकको रूपमा बधाई तथा आगामी दिनहरूमा अझ सफल कार्यक्रमको शुभकामना व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्