एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङ पुनः उम्मेदवारी घोषणा गर्ने सम्भावना प्रबल

0
151

सउल, दक्षिण कोरिया गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारी घोषणाले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।

संघका वर्तमान अध्यक्ष बुद्धि गुरुङ पुनः अध्यक्ष पदमा दोहोरिने सम्भावना प्रबल देखिएको छ। यद्यपि उनले औपचारिक घोषणा नगरे पनि विभिन्न तहमा भएको छलफल र समूहगत समर्थनले उनको पुनरागमनलाई बलियो संकेत दिएको छ।

अध्यक्ष पदका उम्मेदवारी पार्वती मुक्तान      हरि भट्टराई।

अध्यक्ष पदका लागि हालसम्म वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र उपाध्यक्ष हरि भट्टराईले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। दुवै उम्मेदवार अनुभवी, सक्रिय र संस्थासँग लामो समयदेखि आबद्ध व्यक्तित्व मानिन्छन्।

यसैबीच, वरिष्ठ उपाध्यक्ष पदमा तारा पुन मगर, उपाध्यक्ष पदमा विकास बोहरा र मंगल योङहाङ साथै महासचिव पदमा सोनाम शेर्पाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। उम्मेदवारहरूको घोषणाले आगामी निर्वाचन प्रतिस्पर्धात्मक र जीवन्त हुने संकेत मिलेको छ।

संघको दशौं अधिवेशन यही जुलाई २६ र २७ मा सउलमा आयोजना हुने तय भएको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले प्रवासी नेपाली समुदायमा चासो र उत्साह बढेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्