दक्षिण कोरियामा नेपाली विद्यार्थी ठगिए, दिपु खड्का नाम गरेका नेपालीमाथि गम्भीर आरोप

0
208

सोल, जुलाई ११ – दक्षिण कोरियामा अध्ययनका लागि भर्खरै आएका नेपाली विद्यार्थीहरू आफ्नै देशका एक व्यक्तिबाट ठगिएको गम्भीर आरोप सार्वजनिक भएको छ।

फेसबुकमा Dipu Khadka नाम प्रयोग गर्ने र घर सिन्धुली बताउने एक नेपालीले Dongshin University, Naju बाट मार्च महिनामा आएका करिब ९–१० जना विद्यार्थीहरूलाई आफूले चिनाएको कोरियाली मालिकसँग काममा लगाइदिएका थिए। तर ती विद्यार्थीहरूले काम गरेबापत पाउनुपर्ने झण्डै ७–८ लाख नेपाली रकम अहिलेसम्म नपाएको उनीहरूको गुनासो छ।

पीडित विद्यार्थीहरूका अनुसार, सो कोरियाली मालिकले सम्पूर्ण रकम दिपु लाई बुझाइसकेको बताएका छन्। तर, दिपु भने हालसम्म सम्पर्कमा आएका छैनन्। उनी न फोन उठाउँछन्, न म्यासेजको जवाफ दिन्छन्।

एक पीडित विद्यार्थीले भने,

“हामी नयाँ विद्यार्थीहरू पुराना नेपालीहरूबाट मार्गदर्शन र सहयोगको अपेक्षा गर्छौं। तर, जब आफन्त नै धोकेबाज देखिन्छ, त्योभन्दा पीडादायक केही हुँदैन।

पीडितहरूले अब पनि रकम नपाएमा dipu khadka को फोटोसहित उक्त घटना सार्वजनिक गर्ने चेतावनी दिएका छन्

यसरी बारम्बार नेपालीहरूकै हातबाट नेपालीहरू ठगिनु चिन्ताको विषय बनेको छ। कोरियामा रहेका नेपाली समुदायका अगुवा र संघसंस्थाहरूले यस्ता घटनामा गम्भीर ध्यान दिन जरुरी देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्