दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको बौद्ध धर्मगुरु भगवान गौतम बुद्धको २५६९ औं जन्म जयन्ती तथा Lotus Lantern Festival 2025 कार्यक्रमको आय–व्यय सार्वजनिक गरिने भएको छ।
गौतम बुद्ध जन्मभूमि नेपाल हो भन्ने मूल नारालाई आत्मसात गर्दै दक्षिण कोरियाको बौद्ध संस्था जो गे जों (Jogye Order) द्वारा आयोजित यस भव्य कार्यक्रममा कोरियावासी नेपालीहरूको ऐक्यबद्ध सहभागिता रहेको थियो। विशेषगरी नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपाली समुदायको सक्रियता देखिएको उक्त कार्यक्रम UNESCO को सांस्कृतिक सम्पदामा सूचीकृत कार्यक्रम अन्तर्गत सम्पन्न भएको थियो।
कार्यक्रम सफल रूपमा सम्पन्न भएकोमा सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आयोजकले अब यसको वित्तीय विवरण सार्वजनिक गर्न लागेको जानकारी दिएका छन्। त्यसका लागि सोलस्थित 종로구 창신동 ५१ (새마을 은행) को ५औं तल्लामा आयोजना हुने कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थिति जनाउन अनुरोध गरिएको छ।
कार्यक्रम २०२५ जुलाई १३ तारिख आइतबार दिउँसो १ बजे सुरु हुनेछ। आयोजनास्थल सोलको डोङदेमुन १ नम्बर गेटबाट १५० मिटर भित्र पर्ने स्थानमा रहेको छ।
नेपाल बौद्ध परिवार तथा नागार्जुन गुम्बा परिवारद्वारा आयोजित यो कार्यक्रम पारदर्शिता, सहभागिता र नेपाली समुदायबीचको एकताको प्रतिबिम्ब हुने विश्वास गरिएको छ।






