एनआरएनए दक्षिण कोरियामा बिधान संशोधन समिति गठन

0
100

सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको दशौं अधिवेशन तथा निर्वाचन यही आउँदो जुलाई २६ र २७ मा सम्पन्न हुने तयारीमा छ। अधिवेशनलाई विधिसम्मत, पारदर्शी र सुदृढ बनाउँदै संस्थागत संरचनामा आवश्यक सुधार ल्याउने उद्देश्यले संघले बिधान संशोधन समिति गठन गरेको छ।

समितिको संयोजकमा डा. एकराज बराल चयन भएका छन्। सदस्यहरूमा डा. किशोर कोइरालापूर्णाराम (पुष्कर) बुढाथोकी रहेका छन्। समितिले वर्तमान बिधानको अध्ययन, विश्लेषण र आवश्यक संशोधनसहितको सुझाव अधिवेशनमा पेश गर्नेछ।

यसअघि निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउने उद्देश्यले संघले निर्वाचन मण्डल पनि गठन गरिसकेको छ। निर्वाचन मण्डलको संयोजकमा वर्तमान सल्लाहकार तथा पूर्व आईसीसी सदस्य लोचन राई छन् भने सदस्यमा सञ्चारकर्मी डा. कमला केसी र प्रोफेसर डा. बाबु काजी श्रेष्ठ रहेका छन्। मण्डलले निर्वाचन प्रक्रियालाई मर्यादित, सहभागितामूलक र प्रभावकारी बनाउनेतर्फ तयारी तीव्र बनाएको छ।

संघको यो अधिवेशनले एनआरएनए दक्षिण कोरियालाई नयाँ ऊर्जा, सक्षम नेतृत्व र थप सुदृढ संरचना दिने विश्वास गरिएको छ। साथै, प्रवासी नेपाली समुदायको सहभागिता र प्रतिनिधित्वमा पनि थप मजबुती आउने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्