जापानमा सुवास लामिछानेद्वारा एनआरएनए अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रम हुने

0
147

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न ११औं महाधिवेशनलाई लक्षित गर्दै वर्तमान उपाध्यक्ष सुवास लामिछानेले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी २०२५ जुलाई १२ तारिख शनिबार टोकियोको शिन-ओकुबोस्थित ब्याङ्क्वेट हलमा दिउँसो २ बजे सुरु हुने छ।

एनआरएनए जापानको भावी नेतृत्वमा आफ्नो प्रतिबद्धता र योजनाहरू सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रममा नेपाली समुदाय, संघसंस्था, शुभचिन्तक तथा समर्थकहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। लामिछानेले एनआरएनए जापानको आगामी कार्यकालका लागि आफू अध्यक्ष पदको जिम्मेवारी सम्हाल्न इच्छुक रहेको र त्यसको औपचारिक घोषणा सोही कार्यक्रममा गर्ने जनाएका छन्।  

उक्त अवसरमा उपस्थित सहभागीहरूलाई उहाँको अनुभव, नेतृत्व शैली र भावी कार्यदिशाका बारेमा जानकारी दिनेछ, जसले जापानस्थित एनआरएनए गतिविधिमा नयाँ उर्जा र स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रम तोकिएको समयमा नै सुरु हुने जानकारी दिँदै आयोजक पक्षले समयमै उपस्थिति जनाउन सबैमा अनुरोध गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्