नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको अवसरमा दक्षिण कोरियाको जेजुस्थित माउन्ट एभरेष्ट रेस्टुरेन्टले तिज २०२५ को विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। यो कार्यक्रम आगामी अगस्ट २३ तारिख शनिवार साँझ ७:३० बजेदेखि सुरु हुनेछ।
जेजुमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजित यस कार्यक्रममा सांस्कृतिक प्रस्तुति, दर खाने कार्यक्रम र विविध नेपाली परिकारहरूको स्वाद लिन पाइनेछ। नेपाली नृत्य, गीत र संस्कृतिको झल्को दिने गरी कार्यक्रमलाई आकर्षक बनाइएको छ।
तिजको रौनक थप बढाउन कार्यक्रम स्थलमा विशेष सजावट गरिनेछ भने सहभागीहरूलाई नेपाली परम्परागत भेषभूषामा सहभागी हुन आयोजकले आग्रह गरेका छन्।
Mt. Everest Restaurant Jeju को आयोजनामा हुन लागेको यस कार्यक्रममा आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा दिएका छन्।






