दक्षिण कोरियामा सक्रिय नवलपुर समाजले यो वर्षको गर्मी बिदालाई रमाइलो र अविस्मरणीय बनाउन दुई चरणमा छेजुदो भ्रमणको आयोजना गर्ने भएको छ। जुलाई २७ देखि ३० सम्म पहिलो चरण र अगस्ट १ देखि ४ सम्म दोस्रो चरणमा हुने यो यात्रा नवलपुर जिल्लाबासी मात्र नभई सम्पूर्ण कोरियामा कार्यरत नेपाली समुदायका लागि खुला राखिएको छ।
सामाजिक एकता, आपसी सद्भाव र मित्रता विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको भ्रमणमा छेजुदोका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन, सांस्कृतिक कार्यक्रम, स्वादिष्ट परिकारहरूको स्वाद, रमाइलो वातावरण, पुराना र नयाँ साथीसँगको भेटघाट, अनि अमूल्य सम्झनाहरू सँगाल्ने अवसर रहनेछ।
यात्रामा सहभागी हुन चाहने सहभागीहरूले विदेशी पञ्जीकरण कार्ड अनिवार्यरूपमा साथमा ल्याउनुपर्नेछ। कार्ड नभएकाहरूले पासपोर्ट प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यात्रा खर्च १२ वर्षमाथिका लागि ४ लाख ८० हजार वोन तोकिएको छ भने पाँचदेखि १२ वर्ष उमेर समूहका लागि ३ लाख २० हजार र दुईदेखि पाँच वर्षका बालबालिकाका लागि २ लाख ४० हजार वोन रहेको छ। दुई वर्षभन्दा कम उमेरका शिशुका लागि फेरी टिकट मात्र आवश्यक हुनेछ। यस शुल्कमा बस, फेरी, सम्पूर्ण खाना, प्रवेश शुल्क तथा अन्य गतिविधिहरू समावेश छन्।
यात्रा सुनिश्चित गर्न निम्न खातामा रकम जम्मा गर्न सकिनेछ: हाना बैंक (कोड ०८१), खाता नम्बर 010-7664-4848-204, खाता नाम (주)네팔투어 / Nepal Tour।
सम्पर्कका लागि आरपी देवकोटा (010-5877-5512) र हरि कंडेल (010-5937-9039) सँग समन्वय गर्न सकिनेछ।






