दक्षिण कोरिया — कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै GmoneyTrans ले सार्वजनिक जनचेतनामूलक कार्यक्रम संचालनमा ल्याएको छ। ‘छिटो, सजिलो र सुरक्षित रेमिटेन्स सेवा’ भन्ने नारासहित सुरु गरिएको यस कार्यक्रममार्फत प्रवासी नेपालीहरूलाई आवश्यक वित्तीय सेवा सरल र भरपर्दो माध्यमबाट उपलब्ध गराउने लक्ष्य लिइएको छ।
GmoneyTrans को मोबाइल एपमार्फत नेपालमा पैसा पठाउने, कोरियामै रकम स्थानान्तरण गर्ने, मोबाइल रिचार्ज गर्ने, एटीएम तथा यातायात कार्डको प्रयोगजस्ता सेवा सजिलै गर्न सकिनेछ। प्रयोगकर्ताले एपमार्फत सबै सेवा एकै ठाउँबाट सहज रूपमा उपयोग गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ।
यस अभियानमार्फत डिजिटल रेमिटेन्स सेवा अझ प्रभावकारी बनाउँदै नेपाली समुदायबीच वित्तीय पहुँचलाई सरल बनाउने प्रयास गरिएको छ। एप डाउनलोड गर्नका लागि QR कोड पनि सहज रूपमा उपलब्ध गराइएको छ।
सामाजिक सञ्जालमा समेत सक्रिय GmoneyTrans ले फेसबुक, इन्स्टाग्राम र टिकटोकमार्फत नियमित जानकारी प्रवाह गरिरहेको छ। कोरियामा रहेका नेपालीहरूका लागि यो सेवा आर्थिक कारोबारलाई थप सुरक्षित, पारदर्शी र आधुनिक बनाउन सहयोगी बन्ने विश्वास गरिएको छ।






