गजेदो, दक्षिण कोरिया — हान्वाओसन नेपाली एकता समाजको आयोजनामा ओक्पो, गजेदोमा सम्पन्न Hanwha Ocean Internal Volleyball Tournament भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा The Wings Youth Volleyball Club ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्यो। विजेता टोलीले ६ लाख वनसहित ट्रफी र मेडल प्राप्त ग–यो भने उपविजेता कालीगण्डकी Volleyball Club ले ३ लाख वन, ट्रफी र मेडल प्राप्त गर्यो।
व्यक्तिगत तर्फ Best Spiker को उपाधि कालीगण्डकी क्लबका यम कुमार हर्मेल ले र Best Player को उपाधि विजेता टोलीका योगेन्द्र छन्त्याल ले जित्न सफल भए।
प्रतियोगिताका निर्णायकहरूमा मनोज राई, रन राई र मिलन लिम्बु रहनुभएको थियो।
खेलकुदमार्फत आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्व बढाउने उद्देश्यसहित सम्पन्न प्रतियोगितामा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रह्यो। 
यस अवसरमा समाजका संरक्षक तथा संयोजकले हान्वाओसन नेपाली एकता समाजले सधैं आपतविपतका समयमा, नेपालमा हुने प्राकृतिक प्रकोपहरूमा र समुदायमा आवश्यक सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरेर सहयोगको दायरा अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सबैलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गर्नुभयो।






