दक्षिण कोरिया — लमजुङ परिवार दक्षिण कोरियाको १५ औँ अधिवेशन तथा बनभोज कार्यक्रम अत्यन्तै भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। आपसी भेटघाट, सहकार्य र संस्कृतिको आदानप्रदानलाई प्रवासमा अझ मजबुत बनाउन आयोजित यो कार्यक्रमले सहभागिहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ।
अधिवेशनले सर्वसम्मत निर्णयसहित नयाँ नेतृत्व चयन गरेको छ, जसअनुसार रोशन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुबास गुरुङ, महिला उपाध्यक्षमा कृतिका गुरुङ तथा उपाध्यक्षमा कमला गुरुङ, रमेश अधिकारी र पुर्ण गुरुङ चयन भएका छन्।
महासचिवको जिम्मेवारी भुमि गुरुङले पाएका छन् भने सचिवमा जमन सिंह गुरुङ र विकास गुरुङ चयन भएका छन्। कोषाध्यक्षमा तेजु अधिकारी र सह–कोषाध्यक्षमा हर्क गुरुङ निर्वाचित भएका छन्। सदस्यहरूमा ललित गुरुङ, राम घले, डम्बर घले, राम दुरा, तारा गुरुङ, शोभिता लामा, बिनु गुरुङ, अभिषेक रिमाल र प्रशान्त गुरुङ चयन भएका छन्।
कार्यक्रममा लमजुङ परिवारका संरक्षक, सल्लाहकार, पूर्वपदाधिकारी, सदस्यहरू तथा कोरियाभरबाट आएका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिलाई सबैले बधाई ज्ञापन गर्दै आगामी कार्यकाल सफल, सकारात्मक र प्रेरणादायी हुने विश्वास व्यक्त गरेका छन्। लमजुङ परिवार दक्षिण कोरियाले विगतदेखि नै प्रवासी नेपालीबीच आपसी सद्भाव, सहयोग र नेपाली संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ। अधिवेशन र बनभोज कार्यक्रमले संस्थागत एकता र सक्रियतालाई थप मजबुत बनाएको सहभागीहरूको धारणा छ।






