“Fonemoney सँगै १ करोड हातमा” अभियान विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

0
150

दक्षिण कोरियामा कार्यरत नेपालीहरूबीच लोकप्रिय रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले आफ्नो विशेष योजना “Fonemoney सँगै १ करोड हातमा” अभियान अन्तर्गत १ करोड कोरियन वन जित्न सफल भाग्यशाली विजेता श्री मिलन विश्वकर्मा लाई पुरस्कार हस्तान्तरण गरेको छ।

विजेता घोषणा कार्यक्रम यसअघि जुन १५, २०२५ (आईतबार) का दिन दोङ्देमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित इ मार्कट सभाहलमा गरिएको थियो। सोही घोषणा अनुसार जुलाई ५, शनिवार Fonemoney को मुख्य कार्यालयमा आयोजना गरिएको एक विशेष कार्यक्रममार्फत विजेता श्री विश्वकर्मालाई औपचारिक रूपमा १ करोड कोरियन वन बराबरको नगद पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार ग्रहण गर्दै विजेता श्री मिलन विश्वकर्माले आफूले जितेको रकम नेपालमा निर्माणाधीन आफ्नै घरको इन्भेष्टमेन्ट तथा इन्टेरियरको काममा खर्च गर्ने योजना रहेको बताउँदै Fonemoney र सम्पूर्ण ग्राहकलाई आभार व्यक्त गरेका थिए।

यस अभियान अन्तर्गत, हरेक हप्ता ३६ जना भाग्यशाली विजेताहरूले “पैसा डबल” अफर अन्तर्गत आफ्नै पठाएको रेमिट्यान्स रकम दोब्बर पार्ने अवसरसमेत पाएका थिए। Fonemoney ले सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै थप आकर्षक योजना ल्याउने प्रतिबद्धता जनाएको छ।

ग्राहकहरूको साथ र विश्वासलाई मुख्य मानेर छोटो समयमा नेपाली समुदायबीच आफूलाई भरपर्दो रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल Fonemoney ले डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ‘डिजास्टर डिटेक्सन सिस्टम’ जस्तो अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको जानकारी दिएको छ।  

शून्य सेवा शुल्क, छिटो प्रक्रिया र उत्कृष्ट ग्राहक सेवाका साथै विभिन्न रेमिट्यान्स विकल्पहरू प्रदान गर्दै आएको Fonemoney ले हालसम्म नेपाल, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र भियतनाम मा आफ्नो सेवा विस्तार गरिसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्