दक्षिण कोरियाको भलिवल खेल इतिहास मा आफ्नो गाैरवमय साख छोड्न सफल ‘बाग्लुङ्ग समाज दक्षिण कोरिया’ को नवौ संस्करण को भलिवल प्रतियोगिता,”बाग्लुङ कप २०२५” मा २६ टिमको सहभागीता हुने भएको छ जुलाइ १३ तारिख आजु (아주대학교) युनिभर्सिटीमा हुने खेलको आज जुलाई ६ तारिख सुवनस्थित भेटघाट रेष्टुरेन्टमा टाइसिट सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम हुनेलाइ २५ लाख वन,कप, मेडल र प्रमाणपत्र; द्वितीय हुनेलाइ १५लाख वन,कप, मेडल र प्रमाणपत्र साथै तृतीय हुने दुइ टिमलाइ पांच लाख वन का दरले पुरस्कार दिइनेछ।
त्यसैगरि सर्बोत्कृष्ट खेलाडीलाई १लाख वन,ट्रफि,र प्रमाणपत्र तथा उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्सर,उत्कृष्ट व्लकर , उत्कृष्ट लिफ्टर र उत्कृष्ट सर्भर सवैलाइ क्रमशः५०/५० हजार ट्रफि र प्रमाणपत्रले सम्मान गरिनेछ।
प्रतियोगितामा टिम दर्ता गरेका सम्पुर्ण संस्था,भलिवल टिम,खेलप्रेमि महानुभावहरु तथा कोरियावासि सबैमा बाग्लुङ्ग समाज कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।।
कोरियाको भलिवल इतिहासमै पहिलोपटक पन्चेबाजाको विशेष सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको जानकारी दिदै आयोजकले कोरियावासी सम्पुर्ण मा उपस्थितिको निम्ति अनुरोध पनि गरेको छ। 
नवौं बाग्लुङ कप भलिबल खेलका नियमहरू:
१) सहभागी टिमहरू खेल समय भन्दा ३० मिनेट अगाडि खेल मैदानमा आइ पुग्नु पर्नेछ।
२) खेल अन्तर्राष्ट्रिय भलिबल नियम अनुसार खेलाइनेछ।
३) खेल बेस्ट अफ थ्री को आधारमा खेलाइनेछ। यदि ३ सेट भएमा अन्तिम सेट १५ अंकमा खेलाइनेछ।
४) खेलमा खेलाडी संख्या १० जना र अफिसियल २ जना गरी जम्मा १२ जना मात्र खेल मैदानमा प्रवेश गर्न पाउनेछन् र अन्य सम्पूर्ण दर्शकहरू अनिवार्य प्यारीफिटमा बस्नुपर्नेछ।
५) खेलाडीको पोशाक अनिवार्य हुनुपर्नेछ।
६) यदि खेलमा विवाद आएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ।
७) फोहोरमेला (बोतल तथा अन्य) तोकिएको स्थानमा मात्र फाल्नु पर्नेछ।
८) आयोजकले तोकेको अनुसार मात्र खेल सञ्चालन गरिनेछ।
९) तोकिएको समयमा १० मिनेट भित्र मैदान प्रवेश नगर्ने टिमलाई आयोजकले स्वतः निष्कासन गर्नेछ।
१०) खेल मैदानमा पानी र जुस बाहेक अन्य खानेकुरा पुर्ण रुपमा निषेध गरिएको छ ।
११) मध्यपान पुर्ण रुपमा निशेध गरिएको छ र धूम्रपान गर्नेहरुले तोकिएको स्थानमा मात्र गर्नुपर्नेछ।
सबै नियम पालना गरि सभ्य नेपालिको परिचय दिऔं ।
आयोजक: बागलुङ समाज दक्षिण कोरिया






