कप्तान सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा

0
131

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले खेलमा पुनरागमन गरेको छ।

कप्तान सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि नेपालले १० खेलाडीमा सीमित उज्वेकिस्तानविरुद्धको खेल ३-३ को बराबरीमा ल्याएको हो।

पहिलो हाफमा ३-१ ले पछि परेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा गोल गर्दै खेलमा सनसनीपूर्ण पुनरागमन गराएकी हुन्। यसअघि उनले २४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्।

पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तान १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्