दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो बैंक हिनामिना प्रकरण, पूर्व बैंक कर्मचारीलाई ३५ वर्ष जेल

0
136

सउल — दक्षिण कोरियाको बैंकिङ क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो आर्थिक घोटाला सार्वजनिक भएको छ। सन् २००८ देखि २०२२ सम्मको १४ वर्षको अवधिमा करिब २,९८८ करोड वोन (नेपाली रुपैयाँमा झण्डै ३३ अर्ब रुपैयाँ) बैंकबाट हिनामिना गरेका एक पूर्व बैंक कर्मचारीलाई अदालतले ३५ वर्ष कैद सजाय सुनाएको छ।

सोल सेंट्रल डिस्ट्रिक्ट कोर्टले जारी गरेको आदेशअनुसार, उक्त कर्मचारीले आफ्नो पदको दुरुपयोग गर्दै कम्पनीका खाताबाट करोडौं वोन आफ्ना व्यक्तिगत खातामा स्थानान्तरण गरेका थिए। उनीले यो रकमले राजसी जीवन बिताउँदै, विदेश भ्रमण, महँगा घरजग्गा, विलासी कार, र विभिन्न व्यक्तिगत लगानीमा खर्च गरेको खुलेको छ।

अदालतले निर्णय सुनाउँदै भनेको छ 

“देशको आर्थिक विश्वसनीयता र बैंकिङ प्रणालीको आधारमाथि गम्भीर आघात पुर्‍याउने यस प्रकृतिको अपराधलाई कुनै हालतमा क्षम्य गर्न सकिँदैन।”

यो प्रकरणले दक्षिण कोरियामा बैंकिङ नियमन र आन्तरिक सुरक्षामा पुनः कडाइ आवश्यक रहेको सन्देश दिएको छ। देशभर यो घटना अहिले व्यापक चर्चाको विषय बनेको छ।

स्मरण रहोस्, कोरियाली इतिहासमा यो नै सबैभन्दा ठूलो बैंक हिनामिना प्रकरण मानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्