भोजपुर साविक मानेभन्ज्याङ गाविस (हाल रामप्रसाद गाउँपालिका) घर भई रोजगारीको सिलसिलामा दक्षिण कोरियाको ख्याङसाङबोक्दोस्थित आन्दोङ सहरमा कार्यरत नेपाली युवा टेकराज खत्रीको उपचारका लागि आर्थिक अभावका कारण समस्या सिर्जना भएको छ।
कोरिया प्रवेश गरेको मात्र १० महिनामै अचानक बिरामी परेका खत्री विगत तीन महिनादेखि अस्पतालमा उपचाररत छन्। हालसम्मको उपचार खर्च २ करोड कोरियन वनभन्दा बढी पुगेको जनाइएको छ। तर दुर्भाग्यवश, खत्री कार्यरत कम्पनीले अहिलेसम्म कुनै प्रकारको आर्थिक सहयोग प्रदान नगरेको परिवारले जनाएको छ।
खत्रीलाई अस्पतालबाट डिस्चार्ज गराउनुपर्ने अवस्था रहेको तर आर्थिक अभावका कारण असहज परिस्थिति सिर्जना भएकाले कोरियामा रहेका नेपाली समुदाय विशेषगरी भोजपुर परिवारले “टेकराज खत्री बचाउ अभियान” सुरु गरेको छ।
यस कठिन घडीमा विपदमा परेका खत्रीलाई जीवनरक्षा गर्दै सकुशल डिस्चार्ज गराउने उद्देश्यले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि अपिल गरिएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूले THAPA KUMAR को नाममा रहेको IBK BANK को खाता नम्बर 221-425464-02-028 मा रकम पठाउन सक्नुहुनेछ।
अप्रत्यासित रूपमा गम्भीर अवस्थाबाट गुज्रिरहेका एक नेपाली युवाको जीवन रक्षा अभियानमा सबैको साथ, सहयोग र संवेदनशील सहभागिताका लागि आग्रह गरिएको छ।






