कोरियामा सम्पन्न विश्व ओलम्पिक्स तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी राजकुमार दराईद्वारा दुई कास्य पदक प्राप्त

0
350

दक्षिण कोरियाको मुजु सहरमा जुन २६ देखि २९ सम्म सम्पन्न २०२५ विश्व ओलम्पिक्स तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी राजकुमार दराईले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा कास्य पदक जित्न सफल भएका छन्।

दराईले एकल पुम्से विधामा एक कास्य पदक तथा सिनियर फाइट (ग्योरोगी) तौल समूह ६८–७२ केजीमा अर्को कास्य पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका हुन्।

उनी भन्छन्, “यो जित मेरो मात्र होइन, आम नेपाली जनताको जित हो। मलाई समर्थन गर्ने सबैप्रति म हृदयदेखि आभारी छु।”

उनले विशेष धन्यवाद कोच मास्टर रोहित राजवंशीलाई दिएका छन्, जो हाल दक्षिण कोरियाको योङ्गिन युनिभर्सिटीको तेक्वान्दो शाखामा अनुसन्धानरत छन्। राजवंशीले प्रतियोगिताको सम्पूर्ण तयारीदेखि मैदानको प्रतिस्पर्धासम्म दराईलाई नजिकबाट मार्गदर्शन गरेका थिए।

राजकुमार दराईको यो सफलताले अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालका खेलाडीहरूको सम्भावना र क्षमतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्