दक्षिण कोरियामा सेवा दिँदै आएको GME Finance ले आफ्नो छैटौं वार्षिकोत्सव विशेष अवसरमा ‘लक्की ड्र’ कार्यक्रम सार्वजनिक गरेको छ। “६ वर्षको विश्वास, अब उत्सवमा दोब्बर उल्लास” भन्ने नारासहित सुरु गरिएको यो उत्सवमा सहभागी हुने ग्राहकहरूका लागि इन्टरनेशनल टुरदेखि लिएर आइफोन १६ सम्मका आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिएको छ।
यो अफर २०२५ जुन ६ देखि जुलाई ६ सम्म लागू हुनेछ। यस अवधिमा लोनको लागि आवेदन दिने र समयमै किस्ता तिर्ने ग्राहकहरू स्वचालित रूपमा लक्की ड्रका लागि योग्य ठहरिनेछन्। साथै, यस अवधिमा साथीलाई लोनका लागि सिफारिस गर्नेहरूलाई समेत सहभागीता सुनिश्चित हुनेछ।
इन्टरनेशनल टुर प्याकेज अन्तर्गत जापान, फिलिपिन्स, थाइल्याण्ड वा भियतनाममध्ये एक देशको भ्रमण अवसर प्राप्त गर्न सकिनेछ। यसमा राउन्ड ट्रिप टिकटका साथै २ रात ३ दिनको होटल बसोबास पनि समावेश गरिएको छ।
लक्की ड्र मार्फत प्रदान गरिने प्रमुख पुरस्कारहरूमा पहिलो पुरस्कार आइफोन १६, दोस्रो पुरस्कार आइप्याड एयर र तेस्रो पुरस्कार सामसङ ग्यालेक्सी बुक गो रहेको छ।
यो कार्यक्रम GME Finance का सबै ग्राहकहरूका लागि खुला हुनेछ। तर नयाँ ग्राहक विजेताहरूले पुरस्कार प्राप्त गर्न ३ महिनासम्म निरन्तर समयमै भुक्तानी गरेको हुनुपर्नेछ।
६ वर्षसम्म ग्राहकहरूको साथ र विश्वासले सशक्त बनेको GME Finance अब पुरस्कार र रमाइलोको नयाँ उत्सवमा अघि बढ्दैछ।






