खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा ‘खोटाङ हलेसी साँगीतिक सौगात भाग–०५’ को आय–व्यय सार्वजनिक गरिँदै

0
126

दक्षिण कोरिया, जुन २८ । खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको “सामाजिक कल्याणकारी सहयोगार्थ” खोटाङ हलेसी साँगीतिक सौगात भाग–०५” कार्यक्रमको आय–व्यय विवरण भोलि सार्वजनिक गरिने भएको छ।

संस्थाले एक सूचना जारी गर्दै आउँदो जुन २९ गते आइतबार पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन मा सार्वजनिक कार्यक्रमको आयोजना गरिने जनाएको छ। दिउँसो १२:०० बजे सुरु हुने कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यक्रमका सहयोगी, अभियान्ता तथा शुभेच्छुकहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस सांगीतिक सौगात कार्यक्रमको पारदर्शिता र विश्वसनीयता कायम राख्न आय–व्यय सार्वजनिक गर्न लागिएको आयोजक समितिले जानकारी दिएको छ।

खोटाङ सेवा समाज दक्षिण कोरियाले कोरियामा रहेका नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक तथा सहकार्यात्मक अभियानलाई निरन्तरता दिँदै आएको छ।

संस्थाले यसअघि सम्पन्न साँगीतिक सौगात भाग–०५ कार्यक्रममार्फत उठेको रकम र खर्चको विस्तृत विवरण यही कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्