मोक्पोमा घुम्ती सेवा, श्रमिक अन्तरक्रिया र माने उद्घाटन

0
178
Screenshot

नेपाली राजदूतावास सियोलको पहलमा जुन २२ आइतबार मोक्पो   यङ्आम गुन् साम्होमा घुम्ती सेवा सम्पन्न भएको छ। राजदूतावासको यो सेवा कार्यक्रम मोक्पो साम्हो साझा चौतारी–किराँत याक्थुङ चुम्लुङ छल्लादो–नेपाल मगर संघ मोक्पो शाखाको संयुक्त संयोजनमा आयोजित गरिएको थियो।

यस अवसरमा इ-पासपोर्ट नवीकरण (E-passport renewal) सेवा प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपालका राजदूत डा. शिवमाया तुम्हाङ्फे रहनु भएको थियो। उक्त कार्यक्रममा बिशिस्ट बौद्द धर्मगुरु हरु तथा छल्लानाम्दोको स्थानीय सरकारका प्रमुख साथै छल्लानाम्दो प्रदेशका विशिष्ट ब्याक्तित्व साथै साँस्कृतिक बिभाग प्रमुख पनि उपस्थित थिए राजदूतको प्रमुख आतिथ्यमा श्रमिक अन्तरक्रिया, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा काउन्सेलिङ कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

सोही दिन राजदूत तुम्हाङ्फेले मोपोस्थित हुन्डाइ साम्हो पानीजहाज निर्माण कम्पनीको समेत भ्रमण गर्नुभएको थियो। करिब एक हजार नेपाली श्रमिक कार्यरत रहेको सो कम्पनीको वस्तुस्थितिको अवलोकन गरिएको थियो।

यसैक्रममा छल्लानाम्दो यङआम गुन को छुक्सडाम गुम्बामा निर्माण गरिएको “मणि खोलो” (माने) को अनावरण पनि राजदूतको उपस्थितिमा सम्पन्न भएको थियो। बुद्ध जन्मस्थल नेपाल भएको सन्देश फैलाउने उद्देश्यले तयार गरिएको सो मानेमा “Buddha was born in Nepal” भन्ने मूल नारासहितको सन्देश समेटिएको छ।

दक्षिण कोरियाको छल्लानाम्दो क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूको सक्रियतामा स्थापित मानेले नेपाल–कोरिया बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा मोक्पो क्षेत्रमा रहेर सामाजिक काममा सदैव लागिरहने शान्ती गुरुङ लाई राजदुत मार्फत सम्मानपत्र प्रदान गरिएको थियो!

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्