काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध भइरहेको योजनाबद्ध राजनीतिक प्रतिशोधको विरोधमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सुरु गरिएको छ।
“राजनीतिक हस्तक्षेप र चरित्र हत्या गर्ने नियोजित प्रयासविरुद्ध सचेत नागरिकको ऐक्यबद्धता” भन्ने नारासहित सुरु गरिएको यस अभियानमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहभागिताको आह्वान गरिएको छ।
अभियान अन्तर्गत इच्छुक नागरिकहरूले समर्थन जनाउने फारम डाउनलोड गर्नका लागि सार्वजनिक गरिएको QR कोड स्क्यान गर्न सक्नेछन्। फारम प्रिन्ट गरी आफ्नो नाम, ठेगाना र हस्ताक्षर गरेपछि 9765011999 नम्बरको WhatsApp मा पठाउन सकिने व्यवस्था गरिएको छ।
“रवि लामिछानेमाथि भइरहेको अन्याय र योजनाबद्ध राजनीतिक प्रतिशोधको विरोधमा देशभरका सचेत नागरिकहरूको हस्ताक्षर संकलन गरिनेछ। यो अभियानमार्फत जनताको आवाजलाई सशक्त बनाउने उद्देश्य राखिएको रास्वपाले बताएको छ ।
विशेषगरी विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि सो फारम डाउनलोड गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
फारम डाउनलोड गर्नका लागि तलको QR कोड स्क्यान गर्नुहोस्।







