“सुर्खेती आवास गृह” को उद्घाटन हुँदै — कोरियामा नेपाली समुदायलाई लक्षित नयाँ सेवा सुरु

0
170

दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि थप एक सेवा केन्द्रको शुभारम्भ हुन लागेको छ। सुर्खेत समाज, दक्षिण कोरियाले आफ्नै भवनमा स्थापना गरेको “सुर्खेती आवास गृह” को उद्घाटन कार्यक्रम २२ जुन २०२५ (आइतबार) बिहान १० बजे हुने भएको छ।

फेनतेक सहरस्थित 경기 평택시 평택동 60-14 (평택1로9번길 27) को तेस्रो तलामा आयोजना गरिने उक्त कार्यक्रमको उद्देश्य कोरियामा रहेका सम्पूर्ण नेपाली, विशेष गरी आपतकालीन अवस्थामा रहेका कामदार र आगन्तुकहरूलाई सेवा तथा सहयोग प्रदान गर्नु रहेको छ।

संस्थाले विगतदेखि नै निरन्तर समाजसेवामुखी कार्यहरू गर्दै आएकोमा, अबको नयाँ पहल आवास सुविधामार्फत सहयोग विस्तार गर्ने हो। कार्यक्रम स्थल ट्रेन लाइन नं.१ अन्तर्गत 평택역 गेट नं.१ बाट बाहिर निस्किएपछि केवल २ मिनेटको दूरीमा पर्ने जानकारी दिइएको छ।

सुर्खेत समाज, दक्षिण कोरियाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

सामुदायिक सहयोग र सहकार्यको यो अभियान कोरियामा रहेका नेपालीहरूको लागि थप प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्