पञ्चे बाजा गीत “तिम्रै नाममा चलेको ढुकढुकी” को सुटिङ सम्पन्न

0
240

नेपाली मौलिक पञ्चे बाजा शैलीमा तयार गरिएको नयाँ गीत “तिम्रै नाममा चलेको ढुकढुकी” को छायाङ्कन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली संस्कृति र मौलिकपनलाई प्रवासमै जगेर्ना गर्ने उद्देश्यले तयार पारिएको यस गीतको छायाङ्कन दक्षिण कोरियामा गरिएको हो।

गीतमा शब्द र संगीत जीतन भाईको रहेको छ भने स्वरमा देबी घर्ती र रेशम निर्दोषको जादु सुन्न सकिन्छ। एरेञ्ज याम थापाले गरेका छन्। रेकर्डिङ One DB स्टुडियोमा गरिएको हो।

छायाङ्कनमा कलाकार महा लक्ष्मी मगर, जीतन भाई, र दुर्गा टियर पुनले अभिनय गरेका छन्। निर्देशन सज्जन कुमार सिंहको रहेको छ भने छायांकनको जिम्मेवारी अनुभवी भिडियो निर्माता सोनम पराजुलीले सम्हालेका छन्। मेकअप आर्टिस्ट एलिजा भुजेल र व्यवस्थापन प्रमुख सरोज रेग्मी रहेका छन्।

गीतमा सगरमाथा नौमती बाजा समूहका कलाकारहरूको विशेष प्रस्तुति समावेश गरिएको छ, जसले गीतलाई थप मौलिक र सांस्कृतिक बनाएको छ। निर्देशक सिंहका अनुसार यस गीतमार्फत प्रवासमा रहेर पनि नेपाली संस्कृति र पहिचान जोगाउने सन्देश दिन खोजिएको छ।

मगर संघ दक्षिण कोरियाको समन्वय र सहयोगमा सम्पन्न यस छायाङ्कनको भिडियो निर्माण पक्षले छिट्टै सार्वजनिक गरिने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्