दक्षिण कोरियामा बसेर नेपाली गीतसंगीतमा नयाँ आयाम थप्दै आएका सर्जक जिवन भण्डारीले आफ्नो नयाँ लोकगीत ‘बर्खे खोलाले’ सार्वजनिक गरेका छन्। यसअघि आफ्नै शब्द र संगीतमा ‘माया गरिदेऊ’, ‘जुगै जाने पिरती’, ‘तिम्रो घर हो मेरो यो दिल’, ‘फरर डोरी’, ‘घर सम्हाल’, ‘मायाको जोवान’, ‘कैलेसम्म टिक्ने होला’, ‘लाऊ माया’, ‘जुनी जुनीलाई’, ‘मुलको पानी’ लगायतका दर्जनौँ गीत बजारमा ल्याइसकेका उनी ‘बर्खे खोलेले’ मार्फत पुनः श्रोतामाझ आएका हुन्।
गुल्मीको कालिगण्डकी–२, भएकोटमा जन्मिएका जिवन भण्डारी गजलकारबाट गीतकार हुँदै सर्जकको यात्रा तय गर्दै आएका छन्। २०१८ मा ‘राहत गजल संग्रह’ प्रकाशन गरेका उनले पछिल्लो समय शब्द र संगीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेका छन्।
‘बर्खे खोलाले’ गीतमा विष्णु डुम्रेको सशक्त स्वर सुन्न सकिन्छ। अमेरिकामा बसोबास गर्ने गायक डुम्रेको स्वर अमेरिकाको टेक्सासस्थित अमेरिकन स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो छायांकन भने स्याङ्जाको वालिङ बजार र ऑधिखोलाको वरपरका रमणीय स्थलमा गरिएको छ। गीतमा थानम कोयल, नम्रता न्यौपाने र सञ्चिता न्यौपानेले मोडलिङ गरेका छन्। राजेश भण्डारीले निर्देशन गरेको भिडियोमा चर्चित एरेन्जर याम थापा मगरको संगीत संयोजन छ। उनले यसअघि चर्चित गीत ‘मकैबारी दर्याम दर्याम’ समेत एरेन्ज गरेर लोकप्रियता कमाएका थिए।
‘बर्खे खोलाले’ गीतको भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:
गीतको भिडियो यहाँ हेर्नुहोस्






