न्युज केन्द्रबिन्दुलाई सरकारी मान्यता सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदिप परियारबाट प्रमाणपत्र ग्रहण

0
144

काठमाडौँ — करिब दुई वर्षदेखि सञ्चालित न्युज केन्द्रबिन्दुले हालै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदिप परियारको हातबाट न्युज केन्द्रबिन्दुका प्रबन्ध निर्देशक श्रवण श्रेष्ठले प्रमाणपत्र ग्रहण गरेका हुन्।

न्युज केन्द्रबिन्दुले समसामयिक विषयवस्तु, सामाजिक, राजनीतिक, साहित्य र विभिन्न क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको छ। सञ्चारको बहुआयामिक विकास र विश्वसनीयताको सिद्धान्तलाई आत्मसात गर्दै नेपाली पत्रकारितामा फरक स्वाद दिने लक्ष्यका साथ अघि बढिरहेको केन्द्रबिन्दुले देश तथा विदेशमा रहेका नेपालीलाई सन्तुलित, तथ्यपरक र विवेचनात्मक समाचार प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।

यस अवसरमा प्रबन्ध निर्देशक श्रवण श्रेष्ठले सरकारी मान्यताले आफ्नो संस्था अझ बढी जिम्मेवार र विश्वसनीय बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पत्रकारिताको उच्च मूल्य मान्यता कायम राख्दै सत्य र तथ्यमा आधारित सामग्री सार्वजनिक गर्ने बताए।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदिप परियारले न्युज केन्द्रबिन्दुको प्रयासलाई उच्च मूल्यांकन गर्दै कानुनी दायरामा रही सञ्चारको दायित्व वहन गर्नुपर्ने कुरामा जोड दिए।

न्युज केन्द्रबिन्दुले सामाजिक र साहित्यिक चेतनाका साथै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र समृद्धिको पक्षमा कलम चलाइरहने प्रतिबद्धता समेत जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्