गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको नयाँ तथा नवीकरण सदस्यता दर्ता प्रक्रिया सुरु

0
167

दक्षिण कोरिया, १० जुन २०२५ गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाले नयाँ तथा नवीकरण सदस्यता दर्ता प्रक्रिया सुरु गरेको छ। नेपाली समुदायलाई लक्षित गरी यस पटक स्मार्ट एनआरएनए मोबाइल एप प्रयोग गरी सहज रूपमा सदस्यता दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।

सदस्यता दर्ताका लागि पहिले आफ्ना मोबाइलको एप स्टोर वा प्ले स्टोरमा गई SMART NRNA एप डाउनलोड गरी इन्स्टल गर्नुपर्नेछ। त्यसपछि एपमा गएर नयाँ खाता खोल्न वा लगइन गरी आवश्यक विवरणहरू भरी सदस्यता शुल्क जम्मा गर्नुपर्नेछ। यसपटक सदस्यता शुल्क १०,००० वोन तोकिएको छ, जुन अनलाइन बैंकिङ वा एटीएममार्फत NRNA को आधिकारिक बैंक खातामा जम्मा गर्न सकिनेछ। शुल्क भुक्तानी भएपछि रसिदको फोटो एपमा अपलोड गरेर प्रक्रिया पूरा गर्न सकिनेछ। SENTBE एप प्रयोगकर्ताहरूका लागि पनि सजिलो व्यवस्था मिलाइएको छ, जसमा रसिदको सट्टा SENTBE को लोगोको फोटो वा SENTBE लेखिएको कागजको फोटो अपलोड गर्न सकिन्छ।

यसका साथै, NRNA दक्षिण कोरियाले SENTBE एपसँगको सहकार्यमा वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्न विशेष अफर पनि सार्वजनिक गरेको छ। नयाँ SENTBE ग्राहकहरूले साइनअप गर्दा “NRNA” को रिफरल कोड प्रयोग गरी कम्तिमा एक पटक नेपालमा पैसा पठाएपछि निशुल्क सदस्यता दर्ता गर्न सक्नेछन् र बोनस स्वरूप १०,००० वोन पनि प्राप्त गर्नेछन्। यस्तै, तीन महिना देखि निष्क्रिय रहेका पुराना ग्राहकहरू र दोस्रो पटक रेमिट गर्ने प्रयोगकर्ताहरूले पनि एकपटक रेमिट गरेर उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

यस अभियान अन्तर्गत प्राप्त हुने सुविधा तथा अफरहरू केवल तोकिएका शर्तहरू पूरा गर्ने व्यक्तिहरूका लागि मात्र लागू हुने जनाइएको छ। अन्य महानुभावहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको NRNA दक्षिण कोरियाले जनाएको छ।

सदस्यता शुल्क जम्मा गर्नका लागि KEB Hana Bank मा खाता नम्बर 259-910205-83305 (नाम: 엔알엔에 고리아 – NRNA Korea) मा रकम जम्मा गर्न सकिनेछ।

NRNA दक्षिण कोरियाले आगामी जुन ३० सम्म सदस्यता दर्ता खुल्ला रहने जानकारी गराउँदै नेपाली समुदायलाई सदस्यता लिएर एकजुट हुन अपिल गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्