बाग्लुङका कोशीस पुन मगरको उपचारमा सहयोगको अपिल

0
214

बाग्लुङ जिल्ला, बुर्तिबाङका २१ वर्षीय कोशीस पुन मगर हाल दक्षिण कोरियामा अध्ययनरत छन्। उनी किम्पो युनिभर्सिटी, वालगोट म्येओन, गिम्पोमा अध्ययन गर्दै आइरहेका छन्। हालै गेम खेल्ने क्रममा हातमा सामान्य चोट लागेपछि समयमै उपचार नहुँदा अवस्था जटिल हुँदै गएर ‘bone inflammation’ भएको र त्यसको असर फोक्सो तथा मुटुमा समेत देखिएकोले इन्चोनस्थित सेन्ट म्यारी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ।

उपचारमा अनुमानित खर्च ४–५ लाख नेपाली रुपैयाँ लाग्ने देखिएको छ। कोशीस पुन मगरका बाबु रामकुमार पुन र आमा कमला पुनले आफ्नो क्षमता अनुसारको सहयोग जुटाइरहे पनि सम्पूर्ण खर्च व्यवस्थापन गर्न नसकिएको हुँदा परिवार र साथीभाइले सहयोगको अपिल गरेका छन्।

कोशीस पुन मगरका साथी केशव रोका (म्याग्दी) र एक सहयोगी सृजना गुरुङमार्फत यो खबर प्राप्त भएको र शाखा अध्यक्ष चिरन जी सहित आवश्यक सल्लाह र सहजीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिने जनाइएको छ।

उपचारमा सहयोग पुर्‍याउन चाहनेले कोशीस पुन मगरलाई सिधै सम्पर्क गर्न सक्नेछन्।
फोन नम्बर: ०१०६४९९२६५४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्