मोक्पोमा “बुद्ध वाज बर्न इन नेपाल” सन्देश सहित उनको स्विटर देखाइँदै, माने निर्माणका लागि रकम संकलन

0
122

मोक्पो, दक्षिण कोरिया — आगामी आइतबार मोक्पोमा नेपाली समुदायले “बुद्ध वाज बर्न इन नेपाल” सन्देशसहित चलचित्र उनको स्विटर प्रदर्शनी गर्ने भएको छ। कार्यक्रमको उद्देश्य विश्वसमक्ष गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश फैलाउने रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रमबाट संकलन भएको रकम मोक्पो नजिकैको छुक्सङ आम गुम्बामा नेपाली शैलिको माने (प्रार्थना चक्र) निर्माणका लागि खर्च गरिनेछ।

यस विशेष प्रदर्शनीको आयोजना मोक्पो साम्हो साझा चौतारी, किरात याक्थुङ चुम्लुङ र नेपाल मगर संघ मोक्पो शाखाको संयुक्त पहलमा हुन लागेको हो। मगर संघ मोक्पो शाखाले महिला दर्शकमध्ये दुई जनालाई लक्की ड्रमार्फत उनको स्विटर उपहारस्वरूप दिने व्यवस्था समेत गरेको छ।

मोक्पो साम्हो साझा चौतारिका अध्यक्ष रिक्कि गुरुङ ले चलचित्र उनको स्विटर देखाउने मुख्य उद्देश्य “बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्” भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने रहेको बताउनुभयो। साथै, यसले नेपाली समुदायमा एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक गौरव बढाउने अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो।

नेपाली समुदायको कला, धर्म र पहिचानप्रतिको सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूबीच आत्मीयताको भावना थप बलियो बनाउने विश्वास लिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्