पहिलो गोरखा कप भलिबल प्रतियोगिता २०२५, दक्षिण कोरियामा आयोजना हुने

0
169

बोम्जन गुरुङ
कोरिया स्थित क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले आउँदो जून ०८ तारिक “प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५” आयोजना गर्ने भएको छ । उक्त संस्थाले “स्वास्थ्य, मनोरञ्जन र एकताको लागी खेलकूद” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा हुने परिवारका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेण्डरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक मुकेश सेञ्चुरी श्रेष्ठले जानकारी दिए ।

स्थापनाकाल देखि परोपकारी कार्यमा आफ्नो दरिलो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको परिवारका महासचिव अशोक खड्काले स्पष्ट पारे ।

गण्डकी प्रदेश अन्तर्गतका अन्य १० जिल्लाहरु मात्र नभई अन्य कोरियास्थित अन्य संघसंस्थाहरुसँग उत्तिकै सहयोग र भरपूर समन्वय गर्दै आइरहेको नेपाल गोरखा परिवारद्धारा आयोजित उक्त “प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५” मा टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन रहेको र टिम दर्ता अन्तिम मिति १ जून २०२५ सम्म कायम गरिएको छ । प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्