पाँचथर पर्यटन प्रवर्द्धनका लागि कोरियामा नेपाली चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुँदै

0
158

पाँचथर जिल्लामा निर्माण गरिएको नेपाली चलचित्र “ऊनको स्वीटर” को विशेष प्रदर्शन अब दक्षिण कोरियाका विभिन्न शहरहरूमा गरिने भएको छ।

आर्टमाण्डु नेपाल प्रा. लि. को प्रस्तुति रहेको यस चलचित्रमा बिपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, विल्सन विक्रम राई, प्रेम सुब्बा लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। गायक सुजन चापागाईं र झुमा लिम्बु अभिनीत यो चलचित्रले पाँचथरको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय स्थलहरूलाई पर्दामा उतारेको छ।

चलचित्रको छायांकन पाँचथर जिल्लाका विभिन्न रमणीय तथा ऐतिहासिक स्थलहरूमा गरिएको छ, जसले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो अभियान पाँचथर सेवा समाज, कोरियाको पहलमा, कोरियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढाइएको हो। आयोजक संस्थाले चलचित्रमार्फत कोरियामा रहेका नेपालीहरूलाई आफ्नो माटोको सौन्दर्य अवलोकन गराउने उद्देश्य राखेको छ।

कोरियामा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपालीहरूलाई चलचित्र हेरेर पाँचथरको पर्यटनको सुन्दरतासँग नजिक हुन आयोजक संस्थाले हार्दिक निमन्त्रण गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्