जेजु, दक्षिण कोरिया — नेपाल तामाड घेदुङ दक्षिण कोरिया, जेजु दो शाखाले तेस्रो अधिवेशनको आयोजना गर्ने भएको छ। यही आउँदो २४ मे २०२५, शनिबार का दिन जेजु특별자치도 명신 1길 11 (KCTU Hall) मा अधिवेशन हुने भएको छ।
साँझ ७:०० बजे देखि सुरु हुने उक्त कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ
“तामाड भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौं। आफ्नो पहिचान र अस्तित्वका लागि एक हौं।” भन्ने नारासहित अधिवेशन आयोजना गर्न लागिएको हो।
कार्यक्रमलाई सफल बनाउन नेपाल तामाड घेदुङ दक्षिण कोरिया, जेजु दो शाखा ले सबैमा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ अधिवेशनमा विभिन्न सांस्कृतिक कार्यक्रम, सामूहिक छलफल, र नव नेतृत्व चयनको समेत योजना रहेको आयोजकले जानकारी दिएको छ।






