दक्षिण कोरियामा यलेदोङ ५०८५ को “सुवन” उभौली साकेला २५ मेमा आयोजना हुने

0
187

सुवन, दक्षिण कोरिया – किरत राई यायोक्खा, दक्षिण कोरियाको १२औं केन्द्रीय कार्यसमितिको आयोजनामा यलेदोङ ५०८५ को अवसरमा “सुवन उभौली साकेला २०२५” भव्य रूपमा आयोजना गरिने भएको छ।

किरात समुदायको मौलिक संस्कृति, परम्परा र एकताको प्रतीकस्वरूप मनाइने उभौली साकेला चाड यस वर्ष २५ मे २०२५ (आईतबार) का दिन सुवनको Hwaseomun Jangan Park मा विशेष कार्यक्रमसहित सम्पन्न गरिनेछ।

कार्यक्रम बिहान ११:०० बजे सुरु हुनेछ। आयोजकहरूका अनुसार साकेला पूजा, मुन्धुमअनुसार धार्मिक विधि, समूहगत साकेला नाच (सिलि), पारम्परिक भेषभूषा र परिकारको प्रदर्शनीसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

उक्त स्थानमा पुग्नका लागि सुवन शहरभित्रका विभिन्न स्थानहरूबाट ७७७० रातो, ७७७, ९००, ७००-२ नम्बरका बस प्रयोग गर्न सकिनेछ।

उक्त कार्यक्रममार्फत विदेशमा रहेका किरात समुदायबीच आपसी सद्भाव, संस्कृति संरक्षण र पहिचानको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजक समितिले सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्