सागर भण्डारीको नयाँ गीत “साहुले भन्छ सेक्या सिब्बाल” सार्वजनिक हुँदै

0
257

युजिना स्टुडियोको प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “साहुले भन्छ सेक्या सिब्बाल” यहि आइतबार सार्वजनिक हुँदैछ। गायक, संगीतकार तथा गीतकार सागर भण्डारीको आवाज र सिर्जनामा तयार भएको यस गीतले नेपाली दर्शकलाई रमाइलो प्रस्तुति दिने अपेक्षा गरिएको छ।दक्षिण कोरियामा काम गर्ने क्रममा प्रायः प्रयोगमा आउने गरेको गालीमा आधारित शव्दलाई प्रस्तुत गरिएको गीतको संगीत संयोजन कृष्ण शताब्दीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ जय देवकोटाले गरेका छन्।

बिदेशी परिवेशमा फिल्माइएको यो भिडियोमा कलाकारहरू बलकृष्ण पाठक र सरिना गौतम प्रमुख भूमिकामा देखिने छन्। साथमा सहकलाकारका रूपमा गोविन्द दुुरा, गणेश अर्याल, र बिनु भण्डारीको उपस्थिति रहेको छ।

भिडियोलाई सोनाम पराजुलीले निर्देशन तथा छायांकन गरेका छन्। सम्पादन युजिना स्टुडियोबाट गरिएको हो भने कलर ग्रेडिङ आर्ट सिने स्टुडियोले गरेको छ।

म्युजिक भिडियो SAGAR BHANDARI officials YouTube channel मा उपलब्ध हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्