बाग्लुङ समाज दक्षिण कोरियाले यो सिजनको तेस्रो भलिबल प्रतियोगिता “छङऊप भलिबल कप २०२५” को उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। २० टिमको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल खेलमा बाग्लुङले गुल्मी सम्पर्क समितिलाई २-० को सोझो सेटमा पराजित गर्दै शानदार जित दर्ता गराएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार प्रदान गरिएको छ:
बेस्ट प्लेयर: कप्तान रिजन राना (बाग्लुङ)
बेस्ट डिफेन्डर: प्रकाश मल्ल (बाग्लुङ)
बेस्ट सेटर: दिनेश क्षेत्री (बाग्लुङ)
बेस्ट ब्लकर: गणेश नेपाली (बाग्लुङ)
बेस्ट स्पाइकर: शिशिर बिश्वकर्मा (गुल्मी) 
राजधानी क्षेत्र बाहिर सम्पन्न प्रतियोगितामा उल्लेखनीय संख्यामा नेपाली दर्शकहरूको उपस्थिति रहनु प्रतियोगिताको थप आकर्षण बनेको थियो। आयोजक छङउप नेपाली एकता समाजले सफल व्यवस्थापन गरेका थिए भने सहभागी तथा दर्शकहरूले खेलको प्रशंसा गरेका छन्।
समाजले सम्पूर्ण खेलाडी, व्यवस्थापक तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि सबैको निरन्तर माया, साथ र समर्थनको अपेक्षा व्यक्त गरेको छ






